सुर्खेत । सुर्खेतको गुर्भाकोट बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघका मोहन विष्ट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।
सचिवमा अनेरास्वियुका रिमबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । यस्तै कोषध्यक्षमा नेविसंघका हेमन्त भण्डारी निर्वाचित भएका छन् ।
यता, सुर्खेत बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन अनिश्चित भएको छ । विद्यार्थी र निर्वाचन समिति आ-आफ्नै अडानले निर्वाचन प्रभावित बनेको बताइएको छ ।