चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ लेवाटर नजिक मिनीट्रक अनियन्त्रित भएर पल्टिँदा ट्रकमा रहेका १९ खसी-बोका मरेका छन् ।
आज बिहान बर्दियाबाट १ सय ४३ वटा खसी-बोका लिएर काठमाडौंतर्फ जाँदै गरेको भे१ख २३६२ नम्बरको मिनीट्रक सडक छेउमा अनियन्त्रित भई पल्टिँदा ट्रकले च्यापिएर १९ खसी-बोका मरेको चितवन प्रहरीले जनाएको छ ।