कोशीमा अझै ‘रेड अलर्ट’, बहावमा केहि कमी आउन सुरु

आश्विन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोशीमा अझै ‘रेड अलर्ट’, बहावमा केहि कमी आउन सुरु

कोशी । पहाडी क्षेत्रमा लगातार भईरहेको वर्षाले सप्तकोशी नदीमा भएको उच्च बहावमा कमी आउन सुरु भएको छ । तर अहिले पनि नदीको बहाव उच्च रहेकाले ‘हाई रेड अलर्ट’ सँगै सबै ५६ ढोका खोलिएकै छन् । सवारीसाधन आवगमन पनि ठप्प रहेको छ ।

आज बिहान ७ बजे कोशी ब्यारेज हुँदै प्रतिसेकेन्ड ६ लाख ५५ हजार ३ सय ७० क्यूसेक बहाव मापन भएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । आज बिहान ५ बजे प्रतिसेकेन्ड ६ लाख ६१ हजार २ सय ९५ क्युसेक मापन भएको थियो । यो बहाव यसवर्षको सबभन्दा बढी भएको नियन्त्रण कक्षका प्राविधिकहरुको भनाई छ ।

कोशी नियन्त्रण कक्षका जिम्मेवारी सम्हाल्दै आएका माथिल्लो निकाय जल संसाधन विभाग पटना बिहारले गत शनिबार ६ लाख ८१ हजार क्युसेकसम्म बहाव कोशीमा हुन सक्ने भनी सतर्क गराएको थियो ।

हिजो साँझदेखि कोशीको बहाव ५ लाख ४० हजार पुग्नासाथ ब्यारेजबाट बग्न थालेको बाढी आज बिहानदेखि हटेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement