पहिरोका कारण भेडेटार रबीराँके सडक अवरुद्ध

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
पहिरोका कारण भेडेटार रबीराँके सडक अवरुद्ध

धनकुटा । पहिरो खसेपछि निर्माणाधिन भेडेटार रबीराँके सडक अवरुद्ध भएको छ ।

भेडेटार र डाँडाँबजारबीचको पहिरे तथा समेवा छनम्वर बुधबारेबीचको सौरे भन्ने ठाउँमा ढुङ्गा सहितको पहिरो खसेपछि शुक्रबार बिहान १० बजेबाट यातायातका साधनहरु ठप्प भएका छन् ।

सडक अवरुद्ध भएपछि यो मार्ग भएर धनकुटा र पाँचथर आवतजावत गर्ने यातायात, ढुवानीका साधन भेडेटार र छनम्बर बुधबारेमा रोकिएका छन् ।

अवरोध हटाउँन सडक निर्माणको ठेक्का पाएको भारतको एप्को इन्फ्राटेक कम्पनीका प्रतिनिधि स्काभेटर र आवश्यक जनशक्ति सहित पहिरो खसेको स्थानमा पुगिसको छ । तर वर्षा जारि रहेकाले काम सुरु गर्न नसकेको धनकुटाका प्रहरी उपरिक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

वर्षात कम हुने बित्तिकै पहिरो पन्छाएर सडक सुचारु गर्न समन्वय गरिरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी पूण्यबिक्रम पौडेलको भनाई छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement