सिद्धबाबा सुरुङमार्गको पहिलो र तेस्रो बाइपास 'ब्रेक थ्रु'

आश्विन ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिद्धबाबा सुरुङमार्गको पहिलो र तेस्रो बाइपास 'ब्रेक थ्रु'

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङमार्गको पहिलो र तेस्रो बाइपास 'ब्रेक थ्रु' भएको छ ।

सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत कुल तीन मध्ये दुई बाइपासको निर्माण सकिएको हो । १ सय ५१ मिटर लम्बाई रहेको पहिलो र १ सय ३० मिटर लम्बाई भएको तेस्रो बाइपास मुख्य सुरुङसम्म खनेर सकिएको हो ।

भदौ २६ गते तेस्रो र असोज ४ गते पहिलो बाइपास मुख्य टनेलसँग खनेर सकिएको आयोजनाका सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिनुभयो ।

पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिर तर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । मुख्य टनेलको भागसम्म नपुगेको र केही लामो भएकाले दोस्रो बाइपास 'ब्रेक थ्रु' हुन अझ एक साता लाग्ने सूचना अधिकारी ज्ञवालीले जानकारी दिनुभयो । दोस्रो बाइपासको लम्बाई १ सय ६१ मिटर रहेको छ । यसको १ सय १७ मिटर सुरुङ खनिसकिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement