बैतडीमा जीप दुर्घटना हुँदा ६ जना घाइते

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
बैतडीमा जीप दुर्घटना हुँदा ६ जना घाइते

दार्चुला । बैतडी जिल्लाको दशरथचन्द नगरपालिकाको डुवापानीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

बिहिबार राति छेलाबाट दशरथचन्द नगरपालिका-३ दुर्गाभवानी जाँदै गरेको से १ ज ३२० नम्बरको जीप अनियन्त्रित भई डुवापानीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका-३ का ४५ वर्षीय दिलिप नाथ, सोहि ठाँउका ३९ वर्षीय भानदेव नाथ, ४० वर्षीया अनिता नाथ, ४६ वर्षीय केशव नाथ, १६ वर्षीय सुशील नाथ र जीप चालक दशरथ नाथ रहेका छन् ।

जीप दुर्घटनामा घाइते ६ जनामध्ये एक जनालाई उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाले बताउनु भयो । उक्त जीपमा ८ जना सवार रहेको बुझिएको छ । जीप चालकसहित ६ जना घाईते भएको र घाइते ५ जनाको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये दशरथचन्द नगरपालिका-३ वरकुरालीका दिलिप नाथलाई थप उपचारका लागी धनगढी लगिएको छ ।

जीप सडकबाट ५/१० मिटर तल खसेर सल्लाको रुखमा अड्किएकाले ठूलो दुर्घटनाबाट जोगिएको प्रहरीले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement