पोखरीमा नुहाउने क्रममा डुबेर रौतहटमा एक महिलाको मृत्यु

आश्विन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
पोखरीमा नुहाउने क्रममा डुबेर रौतहटमा एक महिलाको मृत्यु

रौतहट । रौतहटमा पोखरीमा नुहाउने क्रममा डुबेर एक महिलाको मृत्यु भएको छ ।

जितिया पर्वको आज पहिलो दिन रौतहटको राजदेवी नपा ८ लक्ष्मिपुर गाउँमा रहेको पोखरीमा नुहाउन गएकी स्थानीय गिरीजा देवीको डुबेर मृत्यु भएको हो ।

घटना पछि सशस्त्र प्रहरीको टोली बेलविछवा र प्रहरी चौकी बेलविछवाबाट खटिएका सुरक्षाकर्मीहरुको टोलीले उद्दार गर्दा महिला गम्भीर अवस्थामा भएका कारण तत्कालै प्रादेशिक अस्पताल गौर पठाइएको थियो । तर, अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।

मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको र प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका एसपी विक्रम हुमागाईले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement