गोरखाबाट छुटेको सम्पर्कविहिन बस झ्याप्लेखोला पहिरोले पुरिएको अवस्थामा भेटियो

आश्विन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
गोरखाबाट छुटेको सम्पर्कविहिन बस झ्याप्लेखोला पहिरोले पुरिएको अवस्थामा भेटियो

गोरखा । गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस पहिरोले पुरिएको अवस्थामा फेला परेको छ । यात्रुबाहक बस पृथ्वीराजमार्गको झ्याप्लेखोला पहिरोभित्र भेटिएको यातायात व्यवसायीहरुले बताएका छन् ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस तीन दिनदेखि सम्पर्कविहिन भएको थियो ।

उत्त बसमा बसका धनी तथा चालक भिमसेन थापा गाउँपालिका ४ धावाका मदन परियार र चालक दलकै फुजेलका नवराज तिवारी र धावाकै विनय भट्टराई थिए । साथै धार्चेका एकजना यात्रु सुक गुरुङ रहेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement