झ्याप्लेखोलामा थप १० जनाको शव फेला

आश्विन १३, २०८१ |रमेश धमला
झ्याप्लेखोलामा थप १० जनाको शव फेला

झ्याप्लेखोला । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएको अवस्थामा थप १० जनाको शव फेला परेको छ ।

पहिरोले पुरिएका बसबाट शवहरु निकालिएको हो । झ्याप्लेखोलामा अरु बस पनि पुरिएको आशंकामा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

सोहि स्थानमा गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस पहिरोले पुरिएको अवस्थामा फेला परेको छ । यात्रुबाहक बस पृथ्वीराजमार्गको झ्याप्लेखोला पहिरोभित्र भेटिएको यातायात व्यवसायीहरुले बताएका छन् । 

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस तीन दिनदेखि सम्पर्कविहिन भएको थियो ।

झ्याप्लेखोलाममै आएको पहिरोले माइक्रोबस पुरिँदा शनिबार १४ जनाको मृत्यु भएको छ । बुटवलबाट काठमाडौं आईरहेको माइक्रोबस पहिरोमा पुरिएको हो । १४ जना यात्रुको शव शनिबार साँझ निकालिएको थियो ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement