पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध

हेटौंडा । हेटौंडा-काठमाण्डौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ ।

आज बिहान मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर-१२ घट्टेपाखा स्थित कान्तीलोकपथ सडक खण्डमा वर्षाको कारण ढुङ्गासहितको पहिरो सडकमा खसेपछि सडक अवरद्ध भएको हो ।

सडक अवरोध भएपछी यस सडकबाट ओहोर दोहोर गर्ने सवारीका यात्रुहरु समस्यामा परेका छन् ।

सडक विभाग, र फास्ट ट्याकसँग समन्वय गरी अवरोध हटाउने पहल भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement