दाङमा चट्याङ लागेर एक बालकको मृत्यु, दुईजना घाइते

आश्विन ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
दाङमा चट्याङ लागेर एक बालकको मृत्यु, दुईजना घाइते

दाङ । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका-११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ लागेको थियो ।

चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा समिर साहुको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

चट्याङमा परेर ४२ वर्षीया निमकली साहु र उहाँकी छ वर्षीया छोरी सविना साहु घाइते हुनुभएको छ । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement