दोलखामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

भाद्र ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
दोलखामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका-४ झ्याकुमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

बा २० च ७२६६ नम्बरको बोलेरो आइतबार साँझ दुर्घटना हुँदा गौरीशंकर-३ कि बर्ष ७५ कि कालि शेर्पा र अन्दाजी बर्ष ५५ कि पसि शेर्पाको मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक महेन्द्र दर्नालले बताउनु भयो ।

दुर्घटनामा थप ४ जना घाईते भएका छन् । दुर्घटनामा चालक मिङमार शेर्पा ,अन्तु शेर्पा र अन्तु शेर्पाकै बुहारी घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते मध्ये २ जना गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उद्वार गरेर सिंगटी प्राथमिक अस्पतालमा लगिएको छ । बलेरो जिप अनियन्त्रित भएर वडा कार्यालय नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement