सामाजिक उत्तरदायित्वका काम गर्न एनसेल फाउन्डेसन स्थापना

आश्विन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
सामाजिक उत्तरदायित्वका काम गर्न एनसेल फाउन्डेसन स्थापना

काठमाडौं । एनसेलले सामाजिक उत्तरदायित्वका कामलाई संस्थागत रूपमा अघि बढाउन एनसेल फाउन्डेसन स्थापनाको घोषणा गरेको छ ।

एनसेलले आफ्नो १९ औं वार्षिकोत्सवका अवसरमा हरेक वर्गको उत्थान र सशक्तिकरणमा सहयोग गर्न फाउन्डेसन स्थापना गरिएको जनाएको हो ।

१९ वटा परियोजनाका लागि प्रतिपरियोजनामा १० लाख रुपैयाँका दरले कोष राखिने एनसेलले जनाएको छ । साथै आगामी ५ वर्षमा कम्पनीले कम्तीमा २० करोड सामाजिक पहलहरुमा योगदान गर्ने पनि एनसेलले प्रतिबद्धता व्यक्त गरेको छ । 

साथै स्थापनाकाल यतादेखि ३ सय २० अर्बभन्दा बढी राजस्व सरकारलाई बुझाएको पनि एनसेलले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement