मुगुमा विद्यार्थी चढेको जिप दुर्घटना, १२ जना घाइते

जेष्ठ १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
मुगुमा विद्यार्थी चढेको जिप दुर्घटना, १२ जना घाइते

मुगु । बाजुराबाट रारा तालको भ्रमणमा गएको विद्यार्थी चढेको जीप दुर्घटनामा ९ जना विद्यार्थीसहित १२ जना घाइते भएका छन् । बाजुराको बुढीनन्दा नगरपालिकाको जनप्रकाश उच्च माविका विद्यार्थी रारा तालको भ्रमणका लागि मुगु जाँदै थिए ।

मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले ग१ज ८२४९ नम्बरको जीप मुगुको खत्याडमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुको रातापानीको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.