कास्कीमा पहिरोले घर पुरिँदा २ बालबालिकाको मृत्यु

असार १२, २०८१ |इन्द्र पौडेल
कास्कीमा पहिरोले घर पुरिँदा २ बालबालिकाको मृत्यु

कास्की । कास्कीका विभिन्न ठाउँमा पहिरोमा परी २ बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गएराति २ बजेतिर मादी गाउँपालिका-५ चितेपानी घुम्तीमा प्रकाश रानाभाटको घरपछाडिबाट ढिस्को खस्दा उनका १३ वर्षीया छोरी आयुष्मा रानाभाटको मृत्यु भएको छ । प्रकाशकी आमा ७० वर्षीया लालमाया बन्जाडीको सकुशल उद्दार गरिएको छ ।

गएराति नै ३ बजेतिर पोखरा महानगरपालिका २७, आरुपाटामा ढुंगामाटोको घरमा माटोको ढिस्को खस्दा हरि सुनारका ३ वर्षीय छोरा अनमोल सुनारको मृत्यु भएको छ । हरिकी श्रीमती २७ वर्षीया ऋतु सुनार गम्भीर घाइते भएकी छन् । उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । हरिकी ९ वर्षीया छोरी अञ्जली सुनारलाई भने सकुशल उद्दार गरिएको कास्की प्रहरीले जनाएको छ । घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

यसैगरी, पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका-१४, चाउथेनजिकै विजयपुर खोला ओरालोमा बाढीपहिरोका कारण सडकमा क्षति पुग्दा एकतर्फी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।


Image

इन्द्र पौडेल

पोखरामा कार्यरत पौडेल कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement