कारागारमा पुस्तकालय स्थापना गर्दै नेपो

जेष्ठ ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कारागारमा पुस्तकालय स्थापना गर्दै नेपो

काठमाडौं । सामाजिक संस्था नेपोले बुधबार कारागार कार्यलय काभ्रेमा कैदीहरूका लागि पुस्तकालय स्थापना गरेको छ । नेपालका जिल्ला कारागारहरूमा पुस्तकालय स्थापना गर्दै कैदीहरूको पुनर्स्थापना र पठन संस्कृतिलाई प्रोत्साहन गर्न पुस्तक वितरण गरिएको नेपोले जनाएको छ ।

संस्थाका अध्यक्ष प्रदीप गिरीले विभिन्न विधाका ५ सय ५ थान पुस्तक कारागार कार्यालय काभ्रे प्रमुख परशुराम थापालाई पत्रसहित हस्तान्तरण गरेका गर्नुभएको थियो । कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका उप-प्रमुख निराजन जंगमले अभियानको प्रशंसा गर्दै यस्तो प्रकारको कार्यक्रमहरूले कैदीहरूको हितमा काम गर्ने बताउनुभएको थियो ।

अध्यक्ष गिरीले उक्त पुस्तकहरूको सही सदुपयोग गर्दै कैदीहरू बीच पठन संस्कृतिको विकास गर्ने अपेक्षा व्यक्त गर्नुभएको थियो। कारागार प्रमुख थापाले अभियान निकै प्रभावकारी भएको र कारागारलाई सुधारकेन्द्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गर्नुभएको थियो ।

यसअघि यही संस्थाले अर्घाखाँची, स्याङ्जा, तनहुँ, अछाम, चितवन, दाङ, रसुवा र लमजुङ कारागारहरूमा पुस्तकालय स्थापना गरिएको गरेको थियो। 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.