आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन

वैशाख २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिनका रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मनाइँदैछ ।

वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा आफ्नी आमालाई विभिन्न उपहारसहित नयाँ लुगा लगाइदिने, मीठामीठा र तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । 

आमा नभएकाहरुले दिवङ्गत आमाको नाममा श्राद्ध गरी स्मरण गर्ने गर्दछन् । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ । आमा नहुनेहरुले आज काठमाडौंको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने प्रचलन छ । 

मातातीर्थमा बिहानैदेखि श्रद्धालुहरुको घुइँचो लागेको छ । नेपाली हिन्दूहरुले वैशाख कृष्ण औँशी आमाको मुख हेर्ने र भाद्र कृष्ण औँसी बुवाको मुख हेर्ने पर्वका रुपमा मनाउने चलन छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.