स्थलगत रिपोर्ट : त्रिशूली थ्री ‘ए’ मा कसरी भइरहेको छ उद्धार प्रयास ?

भाद्र १८, २०८३ |रुपेश श्रेष्ठ
स्थलगत रिपोर्ट : त्रिशूली थ्री ‘ए’ मा कसरी भइरहेको छ उद्धार प्रयास ?

रसुवा । रसुवाको भोटेकोशी बाढीबाट पुरिएका जलविद्युत आयोजनाका सुरुङहरुमा खोज र उद्दार प्रयास नवौं दिन पनि जारी छ । रसुवाको लाङटाङ जलविद्युत आयोजनाको सुरुङबाट नेपाली सेनाले शव फेला पारेको छ।

नुवाकोटस्थित त्रिशूली ३ ए जलविद्युत आयोजनाको सुरुङको मुख खोलेर १५ मिटरभन्दा परसम्म सेनासहितको टोली प्रवेश गरेको सरकारले जनाएको छ । थप अघि जाने प्रयास भएको र अहिलेसम्म सुरुङभित्रबाट कोही सम्पर्कमा भने आइनसकेको उद्दारमा सक्रिय टोलीले जनाएको छ ।

नेपाली सेनाको नेतृत्वमा विशेषज्ञसहितको ९३ जनाको टोलीले सुरुङ खुलाउने काम जारी राखे पनि अंशिक सफलतामात्रै हाल पारेको छ । करिव एक सय ७० मिटरको सुरुङ छिचोलेपछि मात्रै पावरहाउस लगायत अन्य संरचनामा पुग्न सकिन्छ । ९ दिनअघि आएको बाढीमा त्रिशूली ३ ए जलविद्युत आयोजनामा काम गर्ने कर्मचारी फसेको आशंका छ । तर, के कति मानिस छन् एकिन तथ्यांक भने छैन । त्रिशूली -थ्री -ए जलविद्युत आयोजनामा सरकारले कसरी खोजी र उद्धार गरिरहेको छ ? कान्तिपुर टेलिभिजनका समाचार प्रमुख रुपेश श्रेष्ठ र क्यामेरापर्शन श्याम श्रेष्ठको स्थलगत रिपोर्ट ।


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका समाचार प्रमुख हुन् ।