बारा । मिटरब्याजविरुद्ध आन्दोलनरत पक्षको ६ सदस्यीय वार्ता टोली अन्तिम सहमतिमा हस्ताक्षर गर्न बाराबाट काठमाडौं आएको छ। मंगलबारदेखि गृहमन्त्री सुदन गुरुङ र आन्दोलनरत पक्षबीच जारी वार्ता निर्णायक चरणमा पुगेपछि वार्ता टोली सिमरा विमानस्थलबाट काठमाडौं आएका हुन् । तीन दिनदेखि जारी वार्तापछि बिहीबारको छलफललाई दुवै पक्षले निर्णायक भनेका छन् ।