गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन अदालतको आदेश

वैशाख १५, २०८३ |कान्तिपुर टीभी संवाददाता
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन अदालतको आदेश

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीश नृपध्वज निरौलाको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा गोल्छालाई उपस्थित गराउन आज आदेश दिएको हो । श्रीमती सीमा गोल्छाले प्रहरीले गैरकानुनी रूपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो । धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ परेका गोल्छाविरुद्ध सोमबार अदालतले ३ दिन म्याद थप गरेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । गोल्छालाई केन्द्रीय अनुसन्धान ब्युरोले थुनामा राखेको छ । उहाँलाई नक्साल क्षेत्रबाट बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.