
इलाम । उच्च पहाडी क्षेत्रमा पाइने अर्गेलीको बोक्रा प्रशोधन गरेर तयार हुने लोक्ताबाट नेपाली कागज बनाउने पूर्वी पहाडी जिल्लाका स्थानीयको पुनानो पेशा हो। यहाँ उत्पादन भएका नेपाली कागज स्वदेश तथा विदेश पुग्ने गरेको छ। इलाम नगरपालिका-३ पुवामझुवामा प्रशोधन भएको लोक्ता जापान निर्यात हुने गरेको छ।
इलामको उच्च पहाडी क्षेत्रमा धेरै समय हुस्सु र कुहिरोले ढाक्ने गरेको छ। यस वर्ष चैतदेखि नै सुरु भएको वर्षा र हुस्सु वैशाखको पहिलो साता बितिसक्दा पनि नहट्दा इलाम नगरपालिका-३ पुवामझुवाकी छलिमाया गुरुङ दिक्क हुनुहुन्छ। अघिल्ला वर्षहरुमा जस्तै यो बेला टन्टलापुर घाम नलाग्दा उहाँले लोक्ता उद्योगमा राम्रोसँग काम गर्न पाउनु भएको छैन। राम्ररी घाम नलागेपनि गुरुङ थोरै मात्र लोक्ता बनाउन व्यस्त हुनुहुन्छ।
स्थानीय कृषकबाट खरिद गरेर उहाँ लोक्ता प्रशोधन गर्नुहुन्छ। माग र मौसम अनुकुल भएको बेला यो उद्योगमा २० जनाभन्दा बढीले काम गर्छन्। पुवामझुवामा केही यस्ता उद्योग छन् जसले लोक्ता बनाएर जापानसम्म निर्यात गर्छन्। ६ वर्षदेखि निरन्तर यही पेशामा संलग्न रहेपनि केही वर्षदेखि जापानबाट माग नआउँदा छलिमायाको उद्योग नै संकटमा छ। यो उद्योगबाट उहाँले वार्षिक रुपमा को काराबार गर्दै आउनुभएको छ ।
यहाँ उत्पादित लोक्ता ३ वटा ग्रेडमा बाँडिने र त्यहिअनुसारको मूल्य पाइन्छ। इलाम नगरपालिकाको पुवामझुवा क्षेत्रसहित सन्दकपुर, देउमाई र माईजोगमाइकोउच्च क्षेत्रमा पर्याप्त मात्रामा अर्गेली पाइन्छ। डिभिजन वन कार्यालय इलामकोतथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा इलामबाट १ लाख ६ हजार ९ सय २६ किलो अर्गेलीनिर्यात भएको छ। यसबाट गुणस्तरीय कागज निर्माण हुने र जापानसहित युरोप र अन्यमुलुकमा पनि निर्यात हुने गरेको छ। अर्गेलीको बजार व्यवस्थित गर्दै कृषकस्तरबाटउत्पादन बढाउने हो भने स्थानीयस्तरमा रोजगारी सिर्जना र वैदेशिक मुद्रा आर्जनकोभरपर्दो माध्यम बनाउन सकिन्छ।