रातो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरु

वैशाख ८, २०८३ |नारायण किलम्बू
रातो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरु

काठमाडौं । ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथजात्रा मंगलबारदेखि सुरु भएको छ।

वर्षा र सहकालका देवताका रुपमा मानिने मच्छिन्द्रनाथलाई गुरुज्यूको पल्टनले हर्षबढाइँ गरेपछि रथ तान्न सुरु भएको हो । काठ र बेतको प्रयोग गरी बनाइएको ३२ हात अग्लो रथलाई लामो डोरीले तान्नेर पुल्चोकबाट गावहालसम्म पुर्याइएको छ ।

यसैगरी मीननाथको रथलाइ पनि गावहाल पुर्याइएको छ । १६ सय वर्षभन्दा पुरानो लिच्छवीकालीन जात्रालालाई विश्वसामू परिचित गराउन ललितपुर महानगरको निम्तामा विभिन्न देशका डेढ दर्जन कूटनीतिक नियोगका प्रतिनिधिहरु जात्रा हेर्न पुल्चोक पुगेका थिए । 

यसबाट जात्रालाई विश्वमाझ पुर्याउन सहयोग पुगेको महानगर प्रमुख चिरीबाबु महर्जनले बताउनु भयो । हरेक वर्ष बैशाख शुक्ल प्रतिपदाका दिन मच्छिन्द्रनाथको मूलदेवता रथमा रथारोहण गरेको चोथौ दिन जात्रा प्रारम्भ हुन्छ । यस जात्रालाई मुलुककै लामो समयसम्म चल्ने जात्राका रुपमा लिइन्छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।