प्रतापपुरमा आगलागी हुँदा १२ घर जलेर नष्ट

वैशाख ८, २०८३ |नवीन पौडेल
प्रतापपुरमा आगलागी हुँदा १२ घर जलेर नष्ट

परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ५ मा आगालागी हुँदा १२ घर जलेर नष्ट भएकाे छ । 

स्थानीय गोविन्द चमारको कच्चीघरमा लागेको आगोले छिमेकमा रहेका आठवटा घर जलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी विरदत्त पन्तले बताउनुभयाे । स्थानीय बासीन्दा, नेपाल प्रहरी र शसस्त्र प्रहरीले आगालागी नियन्त्रणमा लिएका थिए । 

आगालागीमा परेर स्थानीय राम सिंह कुर्मी, राम बहादुर कुर्मी, उमेश कुर्मी, नगिना हरिजन, भुटेल हरिजन, संतोष हरिजन, काशीलाल चमार, शिवशरण कुर्मी, सदिक मिंया, किमन कुर्मी र अनुश कुर्मीको घर जलेको हो । आगालागीबाट घर, लत्ता कपडा, अन्न र अन्य सामानमा क्षति पुगेको छ । 

प्रहरीकाअनुसार ५० लाखभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान छ । यसैगरी बर्दघाट नगरपालिका २ आमबासस्थित रितुवर्ण सामुदायिक वनमा मंगलबार भएको आगलागी भएको छ । चर्को गर्मी र हावा लागेको कारण वन नजिकै रहेको मौरी रेष्टुरेष्ट एन्ड लजमा आगो फैलिँदा सामान्य क्षति पुगेको छ । 

उकालो र भिरालो स्थान भएकाले दमकल जान नसकेपछि स्थानीय र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएका थिए । 


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।