विपक्षीले मागे गृहमन्त्री गुरुङकाे राजीनामा

वैशाख ७, २०८३ |कान्तिपुर टीभी संवाददाता
विपक्षीले मागे गृहमन्त्री गुरुङकाे राजीनामा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङ विवादमा तानिएपछि विपक्षी दलहरूले राजीनामा मागदेखि उच्चस्तरीय छानबिन हुनुपर्ने बताएका छन् । 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राजीनामा माग गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाले सरकारसँग जवाफ मागेको छ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले साेमबार विज्ञप्ति जारी गर्दै गृहमन्त्री गुरुङमाथि तत्काल छानबिन गर्न माग गर्नुभएको छ । 

गृहमन्त्रीको पछिल्लो प्रकरणले राजनीतिक नैतिकता र पारदर्शीतासँग जोडिएको गम्भीर प्रश्न उठाएको भन्दै कांग्रेसले स्वतन्त्र र उच्चस्तरीय छानबिनको माग गरेको हो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको साझेदारीबारे सरकारले तत्काल स्पष्ट गर्नुपर्ने बताउनुभएको छ । 

भट्ट सम्बद्ध स्टार माईक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात सार्वजनिक भइरहेका बेला राप्रपा अध्यक्ष लिङ्देनले साेमबार काठमाडौंमा आयोजित कार्यक्रममा त्यसबारे सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल स्पष्ट पार्नुपर्ने माग गर्नुभयो ।

यस्तै सुशासन मामिला जानकार तथा पूर्वसचिव गोपीनाथ मैनालीले सार्वजनि निकायमा रहने पदाधिकारीहरुमाथि प्रश्न उठेपछि त्यसको निर्क्योल हुनुपर्ने बताउनुभयो। यसैबीच जेन-जी रेडफोर्सले पनि विवादमा तानिएका गृहमन्त्री गुरुङले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.