जुम्लामा महिला सहकारीबाट २७ लाख हिनामिना, बचतकर्ता आक्रोशित

वैशाख ७, २०८३ |डीबी बुढा
जुम्लामा महिला सहकारीबाट २७ लाख हिनामिना, बचतकर्ता आक्रोशित

जुम्ला । जिल्लाको चन्दननाथ नगरपालिका ८ र ९ मा रहेको भगवती महिला बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले संकलन गरेको २७ लाख रूपैयाँ हिनामिना भएको छ ।

नौ वर्षदेखि आफूहरूले संकलन गरेको साँवा र ब्याज नपाएपछि बचतकर्ता आक्रोशित बनेका हुन् । ६ सयभन्दा बढी महिला आबद्ध रहेको सहकारीको अहिले संरचना मात्र नभइ कागजपत्रसमेत छैनन् । अहिले सहकारीका पदाधिकारीसमेत सम्पर्कविहीन हुँदा आफूहरुको बचत रकम दुरूपयोग भएको बचतकर्ताको गुनासो छ ।

बचतकर्ताको पासबुकमा २०७३ सालसम्म सहकारीले ब्याज हालेको देखिन्छ । त्यसयता अहिलेसम्म हिसाबकिताब भएको देखिएको छैन । स्थानीयले उक्त सहकारीमा न्यूनतम ३३ हजारदेखि एक लाख रुपैयाँसम्म बचत गरेका छन् । सहकारीले आफूहरुको निक्षेप अपचलन गरे पनि उनीहरू जनप्रतिनिधि हुँदै जिल्ला प्रशासन पुगेका छन् । 

गाउँपालिकाले पनि महिलाहरुको बचत फिर्ता गर्नेबारे पहल गरीरहेको जनप्रतिनिधिहरुको भनाइ छ । सहकारीका यसअघिका कार्यसमिति र सञ्चालहरु सम्पर्कमा नहुँदा बचतर्का आफ्नो रकमको खोजीमा प्रशासन धाउन बाध्य छन् ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।