इरानको नियन्त्रणबाट रिहा भएका झालाई नेपाल ल्याउन पहल

वैशाख ३, २०८३ |कान्तिपुर टीभी संवाददाता
इरानको नियन्त्रणबाट रिहा भएका झालाई नेपाल ल्याउन पहल

काठमाडौँ । परराष्ट्र मन्त्रालयले अमृत झालाई इरानबाट नेपाल ल्याउन पहल थालेको छ । झा रिहा भएलगत्तै मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उहाँलाई नेपाल ल्याउन पहल थालिएको जानकारी दिएको हो ।

इरानको नियन्त्रणमा रहेका ३३ वर्षीय नेपाली युवा झा हिजो रिहा हुनुभएको हो । विज्ञप्तिमा झाको रिहाइका लागि स्थानीय अदालतबाट आदेश भएको भन्ने खबर तेहरानस्थित नेपाली कन्सुल जनरलमार्फत अनौपचारिक रूपमा प्राप्त भएको जनाएको छ । साथै, सो आदेशको विस्तृत विवरण उपलब्ध गराउन र झालाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्काउनका लागि तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट पहल जारी राखिएको विज्ञप्तिमा जनाइएको छ ।

तेल लिन जाने क्रममा उदयपुर, गाईघाटका ३० वर्षीय अमृत झासहित ७ जनालाई इरानी सुरक्षाकर्मीले हर्मुजभन्दा माथि रहेको समुन्द्री आइल्यान्ड केशनबाट पक्राउ गरेको थियो । इरानी सेनाले उनीहरूलाई चैत पहिलो साता नियन्त्रणमा लिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.