
गत वर्ष पनि छेडाउनु भएका श्रेष्ठले जात्रालाई निरन्तरता दिन बुधबार चौथोपटक जिब्रो छेडाउनुभएको हो । विभिन्न देवगणको पूजा गरी पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्च बनाइ नायखीँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।
यस्तै बुधबार नै मध्यपुर थिमिमा सिन्दूर जात्रा धुमधामसँग मनाइएको छ । बिस्का जात्राअन्तर्गत वैशाख २ गते दिन थिमिमा सिन्दूर जात्रा गर्ने प्रचलन रहेको छ ।