जाजरकोटमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, घाइतेको सेनाको हेलिकोप्टरमार्फत उद्धार

चैत्र २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
जाजरकोटमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, घाइतेको सेनाको हेलिकोप्टरमार्फत उद्धार

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका-२ छेप्कामा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा भएको आगलागीमा परी घाइते भएका तीन जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

आइतबार बिहान करिब १० बजे स्थानीय थालु प्रसाद जैसीको घरको भान्सा कोठामा ग्यास चुहावट भएपछि आगलागी भएको हो। आगलागीमा परेर ४२ वर्षीया माया जैसी, उनका २२ वर्षीय छोरा गणेश गौतम र मायाकी ३७ वर्षीया बहिनी रूपा जैसी घाइते भएका छन्।

घाइते तीनै जनालाई तत्काल प्राथमिक उपचारका लागि नलगाड नगर अस्पताल लगिएको थियो। तर, त्यहाँ आवश्यक उपचार सम्भव नभएपछि उनीहरूलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.