
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ ।
सिंहदरबास्थित सङ्घीय संसद् भवनको बहुउद्देश्यीय बैठक कक्षमा सुरू भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गरिरहनुभएको छ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधनकोप्रति राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुभयो । सदनको उच्चासनमा राष्ट्रपति पौडेलसँगै सभामुख डोलप्रसाद आर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल रहनुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको हो । बैठकमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, मन्त्रिपरिषद्का सदस्य, दुवै सदनका सांसद उपस्थिति हुनुहुन्छ ।
त्यसअघि राष्ट्रपति पौडेललाई सभामुख अर्याल र राष्ट्रियसभा अध्यक्ष दाहालले स्वागत गर्नुभएको थियो ।