सरकारले भन्यो- पश्चिम एसियाका विमानस्थलहरूमा कोही पनि नेपाली नागरिक अलपत्र अवस्थामा छैनन्

चैत्र २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारले भन्यो- पश्चिम एसियाका विमानस्थलहरूमा कोही पनि नेपाली नागरिक अलपत्र अवस्थामा छैनन्

काठमाडौं । सरकारले पश्चिम एसियाका विभिन्न देशका विमानस्थलहरूमा कुनै पनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको प्रष्टयाएको छ ।

शुक्रबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सो कुरा प्रष्ट्याउनुभएको हो । उहाँले सो क्षेत्रका तनावका कारण स्वदेश फर्कन चाहने नेपालीहरूका लागि सरकारले हवाई उडानको पनि आवश्यक व्यवस्था मिलाएको बताउनु भयो । 

परराष्ट्र मन्त्रालयकाअनुसार सो क्षेत्रबाट स्वदेश फर्कन चाहनेहरू कहीँ कतै पनि अप्ठयारोमा रहेका छैनन् । नेपाल आउन चाहने कुनै पनि नेपालीलाई नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स लगायतबाट स्वदेश फर्काउने काम भइरहेकाले त्यस्ता खालका कुनै समस्या भए पनि त्यो छिट्टै समाधान हुने परराष्ट्र मन्त्रालयको दाबी छ ।

मन्त्रालयकाअनुसार स्वदेश फर्कन चाहने नेपालीहरुको हवाई उडानको समस्या समाधान गर्न सरकारले विशेष पहल गरिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.