
नवलपरासी । बुधबार बिहानदेखि परेको वर्षाको कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा सवारीको लामो जाम लागेको छ ।
सडक चिप्लिएका कारण सवारी उकालो उक्लन समस्या भएपछि यातायात सञ्चालनमा असहजता आएको हो । बिहान १० बजेदेखि रोकिएका सवारी चार बजेबाट चल्न सुरू गरेको भए पनि चिप्लोको सवारीको लामो जाम लागेको हो ।
बुधबार मध्यान्नदेखि परेको झरीले दाउन्ने सडक खण्ड चिप्लो भएर राजमार्गमा सवारी साधनको लामो जाम भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशल बर्तौलाका अनुसार विस्तारै सवारी चलेको भए पनि वर्षा नरोकिँदा समस्या भएको छ ।
सवारीको लामो जाम हुन नदिन र यात्रुबाहक सवारीलाई प्राथमिकतामा राखेर दाउन्ने खण्ड पार गराउन मालबाहक र ठूला सवारी साधनलाई पश्चिमतर्फ बर्दघाट र पूर्वतर्फ दुम्किबासमा नै रोकिएको छ ।