बागलुङ बजारका मुख्य १० वटा ठाउँमा हाइमास्ट सडक बत्ती जडान

चैत्र २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
बागलुङ बजारका मुख्य १० वटा ठाउँमा हाइमास्ट सडक बत्ती जडान

बागलुङ । बागलुङ बजारका मुख्य १० वटा ठाउँमा हाइमास्ट सडक बत्ती जडान गरिएको छ । 

बागलुङ नगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा स्मार्ट बत्ती जडान गरिएको हो । बागलुङ नगरपालिकाको २३ लाख ९३ हजार ५ सय २४ र विद्युत् प्राधिकरणको १२ लाख ८८ हजार ८ सय २ गरी कुल ३६ लाख ८२ हजार ३ सय ४५ रूपैयाँ लागतमा बजार क्षेत्रमा हाइमास्ट जडान गरिएको हो ।

पहिलो चरणमा बजार क्षेत्रका लोकतान्त्रिक चोक, अस्पताल चोक, क्याम्पस गेट, जिल्ला प्रशासन कार्यालय गेट, चिप्लेटी बसपार्क, उपल्लाचौरको एटीएम चोक, बागलुङ बसपार्क, जिल्लाको प्रवेशद्धार मालढुङ्गा, कालिका भगवती मन्दिर गेट, ट्राफिक चोकका क्षेत्रमा अहिले हाइमास्ट सडक बत्ती जडान गरिएको छ। जडान गरिएको हाइमास्ट बत्ती १३ फिटसम्म छन् भने एउटामा २ सय वाटका ६ वटा बल्ब जडान गरिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.