
काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद टुकाभद्र हमाल प्रधानमन्त्री बालेन्द्र साहले समानुपातिक सांसदहरूलाई भेट नदिएकोमा आपत्ति जनाउनुभएको छ ।
प्रधानमन्त्री साहले प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाका सांसदहर"सँगको भेटलाई तिव्रता दिइरहेका बेला उहाँले समानुपातिक सांसदहरूलाई भने किन सो अवसरबाट वञ्चित गराएको ? भनि प्रश्न समेत गर्नुभयो । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद हमालले विकास, निर्माणको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने अवसर नदिएर प्रधानमन्त्री शाहले सांसदहरूबीचमा नै विभेद गरेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो,‘प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदहरूमाथि किन विभेद ? सम्माननीय प्रधानमन्त्रीज्युबाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित माननीय सदस्यज्यूहर"लाई भेट दिई विकास, निर्माणको विषयमा कुरा राख्ने अवसर दिनु भएको भन्ने कुरा सुन्नमा आएको छ । तर, समानुपातिकि निर्वाचन प्रणालीबाट निर्वाचित माननीय सदस्यज्युहरू उक्त अवसरबाट किन वञ्चित ?’
सांसद हमालले सरकारले विकास निर्माणको सवाल हुने छलफलको विषयलाई समेत रोजाइको विषय बनाउने काम गर्न नहुने बताउनु भयो ।