महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल

चैत्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल

काठमाडौं । अधिवक्ता डा. नारायणदत्त कँडेल महान्यायाधिवक्ता नियुक्त हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा कँडेललाई महान्यायधिवक्तामा नियुक्त गर्नुभएको हो । नियुक्त भएलगत्तै शनिबारनै उहाँले पद तथा गोपनियताको सपथ लिनुभएको छ । 

नेपाल ल क्याम्पसबाट स्नातक गरेका कँडेलले नेसनल युनिभर्सिटी अफ आयरल्यान्डबाट पिस किपिङ अपरेशनमा स्नातकोत्तर र बेलायतको क्विन्स विश्वविद्यालयबाट कानुनमा विधावारिधि गर्नुभएको छ । कँडेलले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट बहससमेत गर्नुभएको थ‍ियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.