रेखा शर्मालाई हिरासतमुक्त गर्ने अदालतको आदेश

चैत्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
रेखा शर्मालाई हिरासतमुक्त गर्ने अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मालाई हिरासतमुक्त गर्न आदेश दिएको छ। 

महान्यायाधिवक्ता कार्यालयले यसअघि नै मुद्दा नचल्ने निर्णय गरिसकेको आधारमा अदालतले थप थुनामा राख्न अस्वीकार गरेको हो। घरेलु कामदारमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेकी शर्मा चैत १६ मा पक्राउ परेकी थिइन्। 

अदालतले पीडित बालिकाको अवस्था र कागजातका आधारमा उनलाई थुनामुक्त गर्न आदेश दिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.