पदबहाली गर्दै सभामुख अर्यालले भन्नुभयाे- संसद्‌मा तटस्थ र निष्पक्ष भूमिका निर्वाह गर्छु

चैत्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
पदबहाली गर्दै सभामुख अर्यालले भन्नुभयाे- संसद्‌मा तटस्थ र निष्पक्ष भूमिका निर्वाह गर्छु

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पदभार ग्रहण गर्नुभएको छ ।

आइतबार सिंहदरबारस्थित कार्यकक्षमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । यसअघि आइतबार दिउँसो नै उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिनुभएको थियो । पदभार ग्रहण गर्दै उहाँले तटस्थ र निष्पक्ष रूपमा सभामुखको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले संसद् मुख्यतः प्रतिपक्षीकै हुने भएकोले सत्तापक्ष र प्रतिपक्षलाई समान व्यवहार गर्नुपर्ने बताउनु भयो । उहाँले संसद् कानुन बनाउने थलो भएको भन्दै आफू मुलुक र जनताका आवश्यकताअनुसार कानुन निर्माणमा अग्रसर हुने पनि बताउनु भयो ।

कानुनी संरचना निर्माण र त्यसको कार्यान्वयनको लागि समेत आफू प्रतिबद्ध रहेकाे उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.