सभामुखले सम्हाल्नु भयो कार्यभार

चैत्र २२, २०८२ |रासस
सभामुखले सम्हाल्नु भयो कार्यभार

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गर्नुभएको छ ।

आइतबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिएपछि उहाँले सभामुखको कार्यभार सम्हाल्नु भएको हो । 

उहाँलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उच्चअधिकारीले स्वागत गर्नुभएको थियो ।