ग्यास संकटदेखि विद्यार्थी संगठनसम्म : राष्ट्रियसभामा सरकारलाई कडा प्रश्न

चैत्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
ग्यास संकटदेखि विद्यार्थी संगठनसम्म : राष्ट्रियसभामा सरकारलाई कडा प्रश्न

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले विभिन्न मुद्दामा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको राष्ट्रियसभा बैठकमा सांसदहरूले नागरिकको दैनिकीसँग जोडिएका विषयमा गम्भीर नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हुन् । बैठकमा सांसद जयन्तीदेवी राईले खाना पकाउने ग्यासको तत्काल व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो । 

उहाँले खाना पकाउने ग्यासको हाहाकार भएको उल्लेख गर्दै त्यसको तत्काल व्यवस्था मिलाउन माग गर्नुभयो । उहाँले विद्युतीय चुल्होले पनि ठूलो परिवारको समस्या नटर्ने अवस्था देखिएकाले पनि सरकारले खाना पकाउने ग्यासको आवश्यक व्यवस्था मिलाउन ढिलाइ गर्न नहुने स्पष्ट पार्नुभयो । 

यस्तै सांसद सुरेश आले मगले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभयो । उहाँले कुनै दलमा संगठनहरू आबद्ध हुने कुरा संविधान र कानुनसम्मत रहेकाले प्रतिबन्ध लगाउन नमिल्ने तर्क गर्नुभयो । सांसद आलेले बहुदलीय व्यवस्थामा दलहरू छान्ने अधिकार जोकोहीलाई पनि हुन्छ भन्ने कुरामा सरकारले हेक्का राख्नुपर्ने समेत बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.