राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी

चैत्र २२, २०८२ |रासस
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिनुभएको छ ।

सङ्घीय संसद् सचिवालयको कार्यतालिकाबमोजिम आइतबार उहाँलाई निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता भएको हो । उहाँको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दङ्गाल र समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादु रोकाया, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मदनकुमारी शाह र जनता समाजवादीका पूजा चौधरी हुनुहुन्छ ।