सदनको मर्यादा कायम हुनेगरी काम हुन्छ : नवनिर्वाचित सभामुख अर्याल

चैत्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
सदनको मर्यादा कायम हुनेगरी काम हुन्छ : नवनिर्वाचित सभामुख अर्याल

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनको मर्यादा कायम हुनेगरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सभामुख निर्वाचित भएलगत्तै संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको संक्षिप्त जवाफ दिँदै उहाँले संविधान र कानुनको पालना गर्दै सबै सांसदहरूको सम्मान हुनेगरी आफू अघि बढ्ने समेत बताउनु भयो । 

नवनिर्वाचित सभामुख अर्यालले आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘संविधान, कानुन राम्रोसँग हेरेको छु मैले । त्यसलाई पालना गरेर सबै माननीय ज्यूहरूलाई सम्मान हुने किसिमबाट सदनको मर्यादा कायम हुने किसिमबाट काम हुन्छ । निष्पक्ष भूमिका निर्वाह हुनुपर्छ, हुन्छ ।’

नवनिर्वाचित सभामुख अर्यालले संविधान र कानुनको ज्ञान आफूलाई राम्रोसँग भएकाले संसद्लाई सोहीअनुसार अघि बढाउने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.