
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गर्नुभएको छ ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्काे मर्यादाक्रममा हेरफेर गरिएको हो । मन्त्रीहरूको कार्यविभाजन यथावत् रहे पनि मर्यादाक्रममा हेरफेर गरिएको जनाइएको छ ।
हेरफेर भएको मर्यादाक्रमअनुसार प्रधानमन्त्री शाहपछि वरिष्ठताका आधारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रहनुभएको छ । त्यसैगरी परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठपछि गृहमन्त्री सुधन गुरूङको मर्यादाक्रम रहेको छ । सुरूको मर्यादाक्रममा गृहमन्त्री गुरूङ तेस्रो वरियतामा हुनुहुन्थ्यो ।
हाल १५ सदस्यीय मन्त्रिपरिषद्मा १५औँ नम्बरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह रहनुभएको छ ।
