न्यायको पहिलो हक सहिद परिवारलाई : रवि लामिछाने

चैत्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
न्यायको पहिलो हक सहिद परिवारलाई : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय र आम न्यायको सन्दर्भमा सहिद परिवारको पीडालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

उहाँले न्यायको हतारो सबैभन्दा बढी आफ्ना सन्तान गुमाएका आमाहरूलाई रहेको उल्लेख गर्नुभएको हो । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोध साँधेर पक्राउ गरियो भन्ने आरोप छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले न्यायको हतारो आफ्ना सन्तान गुमाएका बालबालिकाहरूलाई हुने बताउनु भयो । 

उहाँले न्याय पाउने पहिलो हक सहिद र घाइते परिवारको भएको दाबी गर्नुभयो । उहाँले राजनीतिक रूपमा सहिदका परिवार र आमाहरूको न्यायको हकलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । सभापति लामिछानेले आफ्नो पार्टी र नेताहरू सधैं ‘पब्लिक अडिट’ मा रहेको बताउनु भयो । 

उहाँले पार्टीका हरेक गतिविधि, अभिव्यक्ति र राजनीतिक निर्णयहरूलाई नागरिकले नजिकबाट नियालिरहेको उल्लेख गर्नुभयो । उहाँले रास्वपाले गर्ने हरेक निर्णय पारदर्शी हुनुपर्ने र नागरिकको अपेक्षाअनुसार नै पार्टी अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.