सरकारले जन चाहनाअनुसार काम गर्छ : डा. अमरेशकुमार सिंह

चैत्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारले जन चाहनाअनुसार काम गर्छ : डा. अमरेशकुमार सिंह

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सरकार जनताको चाहनाअनुसार अघि बढ्ने बताउनुभएको छ ।

शुक्रबार संघीय संसद\ सचिवालय परिसरमा सञ्चारकर्मीहर"ले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकार र पार्टी दुवै जनताको चाहनाअनुसार अघि बढ्ने टिप्पणी गर्नुभएको हो । सांसद सिंहले सरकारले कुनै पनि खालको भ्रष्टाचार र कुशासन स्वीकार नगर्ने समेत बताउनु भयो । 

जनताले विश्वास गरेर मत दिएकाले त्यसको सदुपयोग हुनेगरी सरकार अघि बढ्ने सांसद सिंहको भनाइ थियो । उहाँले सरकारले जनतामा परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने भन्दै सञ्चारकर्मीहरूलाई तीन महिनासम्म त्यसको सूक्ष्म ढंगले निगरानी गर्न पनि आग्रह गर्नुभयो ।

सांसद सिंहले सरकारले कामलाई प्रभावकारी बनाउने गरी पार्टीले अघि बढने पनि बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.