निर्माणधीन नागढुङ्गा-मुग्लिङ सडकमा कालोपत्रेको काम रोकिने

चैत्र १६, २०८२ |पोषनाथ अधिकारी
निर्माणधीन नागढुङ्गा-मुग्लिङ सडकमा कालोपत्रेको काम रोकिने

धादिङ । निर्माणधीन नागढुङ्गा-मुग्लिङ सडकमा द्रुत गतिमा भइरहेको कालोपत्रेको काम रोकिने भएको छ ।

मध्य एसियामा जारी तनावका कारण सडक निर्माणका लागि आवाश्यक सामग्रीहरूको मूल्य आकासिएको र कालोपत्रे गर्नका लागि आवश्यक अलकत्रा आयात बन्द हुँदा काम रोकिने अवस्थामा पुगेको हो । सडक कालोपत्रे गर्न आवाश्यक पर्ने बिटुमिन ३ सय मिटरका लागि मात्र स्टक रहेकोले कालोपत्रेको काम रोकिने अवस्थामा पुगेको हो ।

आगामी आर्थिक वर्षसम्ममा तीनै खण्डको काम सक्ने लक्ष्यअनुरूप तयारी भए पनि आवश्यक सामग्री आयत प्रभावित हुँदा आयोजनाको काम समयमा सक्ने कठिन हुने देखिएको छ । हालसम्म नागढुङ्गा नौबिसे खण्डमा तेस्रो तहको कालोपत्रे चार किलोमिटर सम्पन्न हुँदा करिब ८५ प्रतिशत काम सम्पन्न भएको छ भने नाबिसे- मलेखु खण्डको काम करिब ६५ प्रतिशत र मलेखुदेखि मुग्लिङसम्मको ३९ किलोमटिर सडक निर्माणको काम ४३ प्रतिशत सम्पन्न भएको छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।