इटहरी यातायात कार्यालयका प्रमुख सतिश सत्याल मन्त्रालय तानिए

स्वास्थ्य परीक्षणमा भ्रष्टाचार फेला
चैत्र १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
इटहरी यातायात कार्यालयका प्रमुख सतिश सत्याल मन्त्रालय तानिए

सुनसरी । सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालय कोशीका कार्यालय प्रमुख सतिश सत्याललाई मन्त्रालय तानिएको छ। 

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशीले गरेको अनुगमनका क्रममा स्वास्थ्य परीक्षणमा फेल भएकालाई पैसा लिएर पास गराइएको भेटिएपछि सत्याललाई कारबाहीस्वरूप मन्त्रालयमा तानिएको मन्त्रालयले जनाएको छ। 

यस विषयमा लिखित तथा मौखिक रूपमा गुनासो आएपछि छड्के अनुगमन गरेको मन्त्रालयले सत्यालको कार्यकक्ष र दराजसमेत सिल गरेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.