
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी संयोजक पुष्पकमल दाहाललाई प्रतिनिधि सभा संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको सांसद बलावती शर्माले जानकारी दिनुभएको हो । उहाँकाअनुसार बैठकमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई दुई घन्टा अभिमुखीकरण तालिमा पनि प्रदान गरिएको छ ।
नवनिर्वाचित सांसदहरूलाई पार्टी संयोजक दाहाल, सहसंयोजक, माधवकुमार नेपाल र वरिष्ठ नेता भिम रावलले बधाई ज्ञापन गरेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले संसद्मा प्रभावकारी रूपमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो ।