
काभ्रे । अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ज्ञापनपत्र बुझाएको छ।
आइतबार प्रशासन कार्यालय पुगेर नेता-कार्यकर्ताहरूले ज्ञापनपत्र बुझाउँदै ओलीको गिरफ्तारीप्रति आपत्ति जनाएका छन्। उनीहरूले उक्त कारबाही राजनीतिक पूर्वाग्रहपूर्ण भएको दाबी गर्दै अविलम्ब रिहाइको माग गरेका छन्।
ज्ञापनपत्र बुझ्दै काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले उक्त पत्र प्रधानमन्त्री कार्यालयमा पठाउने बताउनुभएको छ। साथै, उहाँले मागलाई सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता जनाउनुभएको छ।