
धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी धादिङले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ।
शनिबार बिहान गरिएको उक्त गिरफ्तारीलाई प्रतिशोधपूर्ण, पूर्वाग्राही र गैरकानुनी भन्दै एमाले धादिङले एक विज्ञप्ति मार्फत निन्दा, भर्त्सना र विरोध गरेको हो। पार्टीले यस कदमलाई लोकतान्त्रिक मूल्य र कानुनी शासनविपरीत ठहर गर्दै दुवै नेतालाई तत्काल रिहा गर्न माग गरेको छ।
साथै, २०८२ भदौ २३–२४ का घटनाको छानबिनका लागि गठित आयोगप्रति असहमति जनाउँदै एमालेले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा नयाँ उच्चस्तरीय छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ। पार्टीले कार्यकर्ता र समर्थकलाई शान्तिपूर्ण र लोकतान्त्रिक ढंगले विरोध गर्न आह्वान गर्दै एमाले धादिङले नेताहरू रिहा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
