प्रधानमन्त्री शाहको पुर्ख्यौली गाउँमा खुसीयाली

चैत्र १३, २०८२ |विकास आर्या
प्रधानमन्त्री शाहको पुर्ख्यौली गाउँमा खुसीयाली

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका अहिले यहाँ हर्षोल्लासको वातावरण छ । 

स्थानीय आफ्नै गाउँका बालेन्द्र शाह प्रधानमन्त्री बन्नुभएकाेमा उत्साहित देखिन्छन् । कोही मिठाइ बाँडिरहेका छन् भने कोही पटाका फोडेर दीपावली मनाउँदै खुसी साटिरहेका छन् । शाहलाई नजिकबाट चिन्ने स्थानीयका लागि यो क्षण अझ विशेष बनेको छ । उनीहरूका अनुसार बालेन्द्र सानैदेखि सरल, इमान्दार र उदार स्वभावका छन् ।

हाल बालेन्द्र शाहको पुर्ख्यौली घर सुनसान देखिए पनि गाउँलेहरूको उत्साह भने कम भएको छैन । पञ्चायतको समयमा कुलानन्द झाका कारण चर्चामा रह्ने एकडारा गाउँले महोत्तरी ३ का लागि प्रतिनिधिसभा सदस्य उज्वल झालाई पाएकोमा खुसी त थियो नै त्यसमाथि यसै गाउँका छोरो बालेन्द्र प्रधानमन्त्री बनेपछि थप खुसीयाली छाएको स्थानीय बताउँछन् ।

३६ वर्षीय बालेन्द्र शाहले प्रतिनिधिसभा निर्वाचनमा ठूलो मतान्तरले जित हासिल गर्दै राष्ट्रिय राजनीतिमा उदाउनुभएकाे हाे । अब उहाँ दुई तिहाइ बहुमतसहित देशको नेतृत्व सम्हाल्नै हुनुहुन्छ । शाहको उदयसँगै मधेश मात्र होइन, देशभर नयाँ आशा र अपेक्षा जागेको छ । अब सबैको ध्यान उहाँको कार्यशैली र आगामी कार्यकालतर्फ केन्द्रित भएको छ । प्रधानमन्त्री बनेपछि एकडारा गाउँको उत्साहले अहिले राष्ट्रिय ध्यानसमेत खिचेको छ ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।