बर्दियाको गुलरियास्थित गणेशपुरमा स्थानीय र प्रहरीबीच झडप, ११ प्रहरी घाइते

स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार
सात जना पक्राउ
चैत्र १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
बर्दियाको गुलरियास्थित गणेशपुरमा स्थानीय र प्रहरीबीच झडप, ११ प्रहरी घाइते

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरमा स्थानीय र प्रहरीबीच झडप हुँदा ११ प्रहरी घाइते भएका छन् ।

लागूऔषध कारोबारविरूद्ध प्रदर्शनपछि गरिएको हुलाकी सडक बन्द खुलाउन गएका प्रहरी र स्थानीयबीच झडप भएको हो । झडपका क्रममा केही स्थानीय पनि घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा नाै राउन्ड हवाई फायर र चार राउन्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी डीएसपी प्रमेश विष्टले बताउनुभयो । 

प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। झडपमा घाइते भएका सहायक हवलदार सन्तोष विकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । केही समययता भारतबाट भित्रिएको लागूऔषध सेवन गर्दा दुई जनाको ज्यान गएको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएका थिए । 

उनीहरूले भारतको सीमावर्ती लौकाही बजार जाने नाका बन्द गर्नु पर्ने, भारतमा लागूऔषध बेचबिखन गर्नेमाथि कारबाही गर्नु्पर्नेलगायतका मागसहित सडक बन्द गरेको गुलरिया-११ नम्बर वडाका पूर्वअध्यक्ष रामनारायण केसरीले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.